जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

<p>काठमाडौं । अन्त्यत जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि गृह मन्त्रालयले खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एउटै जिल्लाभित्रका लागि जारि गरेको सवारी पास पनि खारेज गर्ने निर्णय गरेको हो । बिहीबार गृहमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका सचिव [&hellip;]</p>

काठमाडौं । अन्त्यत जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि गृह मन्त्रालयले खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एउटै जिल्लाभित्रका लागि जारि गरेको सवारी पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

बिहीबार गृहमा बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जिल्ला भित्रका पास खारेज गरेको जानकारी दिए । उनले भने शनिबारबाट लागू हुने गरि पास खारेज गर्ने निर्णय भएको हो ।

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय हो ।

एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सक/नर्स/फर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादन/ढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ।

तर यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ।

Share News