काठमाडौं । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीको विश्वव्यापी कोभिड १९ विरुद्धको बीमा गराएको छ । कम्पनीले जेठ १ गते प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको हो ।
यससँगै कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कर्मचारीलाई आर्थिक सहयोग पुर्याउने छ ।
‘आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पुर्याउन कोरोनाभाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।’ आइएमएस ग्रुपका प्रेसिडेण्ट् एण्ड सीईओ दिकेश मल्होत्राले बताए ।