नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ५० पुग्याे

<p>काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा अनुसार थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । जो सर्लाही, धान्कौल नगलपालिका निवासी ४५ वर्षिय पुरुष, धनुषा, जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० र २० वर्षिय महिला, महोत्तरी जलेश्वर र बलवा नगरपालिका निवासी १६, [&hellip;]</p>

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा अनुसार थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

जो सर्लाही, धान्कौल नगलपालिका निवासी ४५ वर्षिय पुरुष, धनुषा, जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० र २० वर्षिय महिला, महोत्तरी जलेश्वर र बलवा नगरपालिका निवासी १६, ३५ वर्षिय पुरुषहरु रहेका छन् ।

विहीबार विहान मात्र  कपिलवस्तुकाे ६ वर्षिय बालिका र काठमाडाैंकाे ३५ वर्षिय पुरूषमा काेराेना पुष्टि भएकाे थियाे । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Share News