काठमाडौं । कोरोनाको लडाईका लागि भारतको प्रधानमन्त्री राहत कोषबाट ३ हजार १ सय करोड भारु घोषणा गरेको छ ।
कोरोनाको महामारी फैलिएसँगै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कोषबाट आप्रवासी कामदारको सहयोग गर्न १ हजार भारु घोषणा गरेको छ । साथै ५० हजार भेन्टिलेटर खरिद गर्न २ हजार करोड छुट्याएको छ । त्यस्तै कोरोना भाइरस प्रतिरोधी खोप काम गर्न १ सय करोड भारु घोषणा गरिएको छ ।
उक्त प्रेस विज्ञप्तिमा आप्रवासीहरूको राहतका लागि यस कोषको प्रयोगको विवरण छ । राज्य र केन्द्र शासित प्रदेशहरूलाई पीएम केरेस कोषबाट १ करोड रूपैया दिइनेछ । जिल्ला खर्च र नगरपालिका आयुक्तहरुलाई खर्चको लागि दिइनेछ ।
यो आप्रवासीहरूको आवास, खाना, मेडिकल र उनीहरूको यात्रा व्यवस्थामा प्रयोग हुनेछ । कोष राज्यहरुको जनसंख्या र कोविड १९ बिरामीहरुको संख्याको आधारमा वितरण गरिने छ । (बीबीसी)