काठमाडौं । अब पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्ने भएका छन् ।कोरोना जोखिम बढ्दै गएको भन्दै नेपाल आयल निगमले पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खुुल्न दिने भएको हो।
निगमले बुधबार सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै संचालन गर्न पाउने निर्णय गरेको हो।
निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोलपम्म हप्तामा एक दिनमात्रै संचालन गर्न मिल्ने गरी बार मिलाइने भएको छ।