काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण यातायत क्षेत्रका धेरै मानिसहरुको रोजगारी गुमेको छ । करिब २ महिनादेखि जारी लकडाउनको कारण यातायात बन्द हुँदा गाडी चालक, सहचालक र अन्य कामदारहरुले पनि रोजगारी गुमाएका हुन् ।
यातायात क्षेत्रमा काम गर्ने कामदारहरु पनि यतिखेर समस्यामा परेका छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब ४०/४५ लाख मानिसहरुले यातायात क्षेत्रमा रोजगारी पाएका थिए । चैत १० गतेदेखि थन्किएका यात्रुवाहक गाडीहरु अहिले ग्यारेजमै छन् । यो डेढ महिनाको समयावधिसम्म आइपुग्दा व्यवसायीहरुले करिब ३३ अर्ब रुपैयाँ नोक्सान व्यहोर्नु परेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यति मात्र होइन सार्वजनिक यातायातको खर्बाैं लगानी यतिबेला डुब्ने अवस्थामा छ । सरकारले अत्यावश्यक क्षेत्रमा लकडाउन केही खुकुलो बनाएपनि यातायात क्षेत्र भने कहिले सहज रुपमा चल्न थाल्नछन् अनिश्चि नै छ । लामो समयदेखि सार्वजनिक यातायातका साधन ग्यारेज तथा घरमा थन्किएका छन् ।
४ लाख व्यवसायीहरु छन् । त्यसमा ६० प्रतिशत स्वरोजगार नै छन् । उनका अनुसार यातायात क्षेत्रमा १० लाख व्यक्तिले रोजगारी पाएका र उनीहरुमार्फत ४०÷४५ लाख मानिसले रोजगारी पाएको उनले बताए ।