काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन्।
भागेका दुईजनामध्ये एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले बताए। अर्काे व्यक्तिकाे खाेजी भइरहेकाे उनी बताउँछन् ।
उनीहरु अस्पतालकाे शाैचालयकाे झ्याल फोडेर भागेका थिए ।