काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ५७ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। यस्तै नेपालमा कुल २१ हजार ३ सय ४० को पिसिआर माध्यमबाट कोरोना परीक्षण भएको छ ।
यस्तै कुल ६० हजार ३ सय १९ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
बुधबारसम्म नेपालमा २ सय १९ काेराेना संक्रमित पुष्टि भएका छन् जसमा निकाे भएर घर जानेकाे संख्या ३५ पुगेकाे छ ।
मुलुकभर हाल १४ हजार ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ भने २ सय ४५ जना आइसोलेसनमा रहेकाे देवकाेटाले बताए ।