काठमाडौं । थप दुई जना काेराेना भाइरस (काेभिड-१९) संक्रमित निकाे भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले थप दुई जना संक्रमित निकाे भएर घर फर्किएकाे जानकारी दिए ।
बुटवलका २४ वर्षिय पुरुष ११ दिनपछि र चितवनकाे ६३ वर्षिय महिला २६ दिन पछि निकाे भएर घर गएकाे देवकाेटाले बताए ।
बुधबारसम्म नेपालमा २ सय १९ काेराेना संक्रमित पुष्टि भएका छन् जसमा निकाे भएर घर जानेकाे संख्या ३५ पुगेकाे छ ।