काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ ।
बुधबारदेखि मन्त्रालयले कोभिड—१९ संक्रमणको कारण देखाउँदैं मन्त्रालय प्रवेशमा सञ्चारकर्मीलाई कडाइ गरेको हो ।
मन्त्रालयको उच्च अधिकारीको बैठकले मन्त्रालयका प्रवक्ता, मन्त्रीका विज्ञ सल्लाहकार र निजी सचिवको स्वीकृती बिना सञ्चारकर्मीलाई मन्त्रालय छिर्न नदिने निर्णय गरेकेा हाे ।
अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ । उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् ।