काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार कपिलवस्तुमा थप एक जनामा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।