चिनियाँ सैनिक विमान मेडिकल सामग्री लिएर काठमाडाैं

<p>काठमाडौं ।  चिनियाँ एयरफोर्सको जहाजले मेडिकलका सामग्री लिएर काठमाडौं आएको छ । उक्त सैनिक विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भएको हो । सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर के के सामग्री हुन भन्ने खुलाइएको छैन । काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको [&hellip;]</p>

काठमाडौं ।  चिनियाँ एयरफोर्सको जहाजले मेडिकलका सामग्री लिएर काठमाडौं आएको छ । उक्त सैनिक विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भएको हो ।

सैनिक स्रोतका अनुसार उक्त जहाजले केही मेडिकल सहायता ल्याएर आएको छ तर के के सामग्री हुन भन्ने खुलाइएको छैन ।

काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि उक्त जहाजमा सैन्य सहायताका सामग्री रहेको जनाएको छ । चिनियाँ सेनाले गरेको सहयोगका कारणा काठमाडौं आएको हो ।

Share News