काठमाडौं । साउदीमा हालसम्म ६ सय ७४ नेपाली कोरोना संक्रमित भएकाे साउदीस्थित नेपाली दूतावासले जनाएकाे। यस्तै दुतावासले कोरोनाका कारण हालसम्म साउदीमा १ जनाको ज्यान गएको पनि बताएकाे छ।
दूतावासले साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ नेपालीमा कोरोना भेटिएको र पश्चिम मक्का, मदिना, जेद्धा र जनानलगायत क्षेत्रमा १ सय ४८ जना रियाद क्षेत्रमा १७५ जना कसिम क्षेत्रमा ३, हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ नेपालीमा कोरोना संक्रमण भेटिएको छ।
कोरोना संक्रमण सुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका नेपालीको संख्या ३० रहेको पनि बताइएकाे छ ।
कोरोनाका कारण मृत्यू भएका १ जना नेपाली गरेर ३१ वटा नेपालीका शव अहिले साउदीमा छ ।