काठमाडौं । सुर्खेतमा ड्यूटीमा रहेका बेला सम्पर्कविहिन भएका एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । सिम्ता गाउँपालिकामा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन उनी विहान मृतक फेला परेका हुन् ।
सम्पर्कविहिन भएका खड्काको शव बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटरको दुरीमा भेटिएको खबर प्राप्त भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
राती २–३ बजेसम्मको ड्युटीमा खटिएका प्रहरी जवान खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएको प्रदेश प्रहरीले जनाएको छ । साे घटनाको विषय अनुसन्धान भइरहेको कणौली प्रहरी कार्यालयले जानकारी दिएको छ ।