काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारको अन्त्यष्टि विदेशमै गर्न अनुमति दिन आग्रह गरेको छ । सरकारले कामदारकाे परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको हाे ।
त्यस्तो अनुमति दिए सम्बन्धित परिवारलाई सान्तवना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ ।
वैदेशिक रोजगर बोर्डको सचिवालयले उनीहरुको शब विदशेमै अन्त्यष्टि गर्ने अनुमति दिन परिवारलाई बारम्बार आग्रह गर्दै आएको छ । बोर्डले सोमबार एक सूचना निकालेर विदेशमै रहेका आफ्ना नजिकका हकदारबाट अन्त्यष्टीका लागि सहमतिपत्र दिन आग्रह गरेको हाे । 