काठमाडौं । किस्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालले कोरोनासँग लड्न फ्रन्टलाइनमा काम गर्ने योद्धाहरुलाई समर्पित गर्दै एक भिडियो बनाएको छ । अस्पतालले कोरोनासँग लड्न फ्रन्टलाइनका योद्धाहरुलाई सहयोग गने आग्रह गर्दै एउटा भिडियो बनाएको हो ।
अस्पतालले भिडियो मार्फत सबैलाई मिलेर यो रोगसँग सामना गर्ने आगह गरेको छ ।
कोरोना भाईरसले लाग्ने कोभिड-१९ ले हाल महामारीको रुप लिएको छ । संसारमा लाखौं मानिसले यसबाट ज्यान गुमाईसकेका छन् ।
आफुहरु कोरोनासँग लड्न तयार भएको र सर्वसाधरणलाई पनि तयार रहन अस्पतालले आग्रह गरेको छ । कारोनासँग लड्न पहिलो योद्धा मानिस आफै भएको किस्ट अस्पतालकी डा. तृष्णा श्रेष्ठ बताउँछिन् ।
उनी भन्छिन्, ‘रोगको मिलेर सामना गरौं । हामी पछाडी हट्ने छैनौं । हामी तयार छौं । ’
यो समयबाट राम्रोसँग बाहिर निस्कनको लागि सबैले आफ्नो समय तालिका बनाउन अस्पतालका मनोचिकित्सक डा. प्रभाकार पोखरेल बताउँछन् । यो समयमा धेरैलाई केही कुराको लत लाग्ने हुनले एउटा नियमित तालिका बनाएर त्यसलाई अप्नाउन सल्लाह दिन्छन् ।
आफुहरु र आफ्ना परिवारको स्याहार गर्ने, राम्रा कुराहरुको बारेमा मात्र छलफल गने उनी सल्लाह दिन्छन् ।
यस्तै विश्वासिलो संचारमाध्यमहरुको समाचारहरु मात्र पढ्न र सेयर गर्न अस्पतालले आग्रह गरेको छ । यो महामारीको बेला अस्पतालले सबैलाई फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई सहयोग गने आग्रह गरेको छ ।
https://www.youtube.com/watch?v=rNLRCxM_TdM&feature=emb_logo