जेठ ५ गतेसम्म कपिलवस्तु सिल गरिने

<p>काठमाडौं । जेठ ५ गते गते राति १२ बजेसम्म सम्म कपिलवस्तु सिल गरिने भएकाे छ । एकैदिन कोरोनाका नयाँ १० जना संक्रमित थपिएपछि जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको हाे। सोमबार साँझ ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुने गरी सिल गर्ने निर्णय गरिएको हाे । सोमबार थपिएका सबै संक्रमित भारतबाट आएकाे [&hellip;]</p>

काठमाडौं । जेठ ५ गते गते राति १२ बजेसम्म सम्म कपिलवस्तु सिल गरिने भएकाे छ ।

एकैदिन कोरोनाका नयाँ १० जना संक्रमित थपिएपछि जिल्ला सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको हाे। सोमबार साँझ ५ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म लागू हुने गरी सिल गर्ने निर्णय गरिएको हाे ।

सोमबार थपिएका सबै संक्रमित भारतबाट आएकाे र अझै थप आउने क्रम नरोकिएकोले सिल गर्न लागिएकाे हाे । याे अवस्थामा अत्यावश्यक सेवाका बाहेक कुनै पनि व्यक्तिलाई जिल्लाबाट बाहिर जान र जिल्ला प्रवेश गर्न रोक लगाइने छ।

Share News