नेता नेपालले भने: भारतसँगका सीमानामा काँडेतार लगाउँ

<p>काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगका सीमानामा काँडेतार लगाउनु पर्ने बताएका छन् । सधैभरी विवाद गर्नु भन्दा भारतसँगको सीमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने उनले बताएका हुन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ [&hellip;]</p>

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगका सीमानामा काँडेतार लगाउनु पर्ने बताएका छन् । सधैभरी विवाद गर्नु भन्दा भारतसँगको सीमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने उनले बताएका हुन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनु पर्ने बताए ।

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नु पर्ने समेत बताएका छन् । नक्सामा विवाद हुँदा अनावश्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताए ।

यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनु पर्ने बताए ।  उनले सीमा र नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षाकर्मीको लागि उचित प्रबन्ध गर्नुपर्ने समेत बताए ।

Share News