ॐ समाज डेन्टल हस्पिटल घरमै पुगेर निःशुल्क दन्त सेवा दिँदै, यसरी लिनुहोस् सेवा

<p>काठमाडौं । चाबहिलस्थित ॐ समाज डेन्तल हस्पिटलले लकडाउनभरी  निशुल्क घरदैलाे डेन्टल सेवा दिने भएकाे छ । कोरोनाको महामारी र लक्डाउन लाई मध्यनजर गर्दै हस्पिटलले केही समयदेखि घर दैलो दन्त सेवा दिन सुरु गरेकाे हाे । हस्पिटलले हाल सम्म ५ सय भन्दा धेरै लाई सेवा दिईसकेकाे छ । काठमाडौं उपत्यकालाई लक्षित गरी प्रदान गर्दै आएको यस सेवा अस्पताल [&hellip;]</p>

काठमाडौं । चाबहिलस्थित ॐ समाज डेन्तल हस्पिटलले लकडाउनभरी  निशुल्क घरदैलाे डेन्टल सेवा दिने भएकाे छ ।

कोरोनाको महामारी र लक्डाउन लाई मध्यनजर गर्दै हस्पिटलले केही समयदेखि घर दैलो दन्त सेवा दिन सुरु गरेकाे हाे ।

हस्पिटलले हाल सम्म ५ सय भन्दा धेरै लाई सेवा दिईसकेकाे छ । काठमाडौं उपत्यकालाई लक्षित गरी प्रदान गर्दै आएको यस सेवा अस्पताल आपतकालिन समस्या हेरी चापागाउँ, साँखु, थानाकोट सम्म पनि पुराएकाे छ ।

सुविधा सम्पन्न आफ्नै मोबाईल भ्यानमा उपचार दिँदै गर्दा अस्पातलसम्म जान नसक्ने बिरामीहरु निकै खुशी भएर सेवा लिइरहेको ॐ समाज डेन्तल हस्पिटल का प्रमुख डा सुबाश घिमिरे बताउँछन् । 

हस्पिटलले लकडाउनको अवधी भरी दिइने यस सेवा संचारकर्मीहरुलाई पनि निशुल्क दिँदै अाएकाे छ  । हाल सम्म ५० भन्दा धेरै संचारकर्मीलाई सेवा दिइएकाे घिमिरे बताउँछन् ।

यस्तै आपत्कालिन दन्त उपचार चाहिएका अन्य मानिसहरु र संचारकर्मीले ॐ समाज डेन्टल हस्पिटलको फेसबुक पेजबाट सम्पूर्ण जानकारी लिन सक्ने घिमिरेले बताए ।

Share News