
काठमाडौं । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतलाई ‘कूटनीतिक तथ्य’ दिएका छन् । मन्त्रालयमा नै बोलाई राजदुत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।
उक्त घटनाको विषयमा राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी लिएको एक स्रोतले जनाएको छ ।
नेपालको लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक सूचनासमेत दिइएको छ ।
परराष्ट्र मन्त्रालयले यसअघि उक्त घटनाको विरोध गरिसकेको छ भने भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो ।