काठमाडाैं । सुदूरपश्चिममा चट्याङ र हुरीबताससहितको वर्षा सुरु हुँदा दिउँसै रात जस्ताे देखिएकाे छ । सुदूरपश्चिमकाे कैलाली र कञ्चनपुरमा अध्याँरो छाएको स्थानीयले बताएका छन् ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर, झलारी, बेलडाँडी, कृष्णपुरलगायतका क्षेत्रमा दिउँसै अध्याँरो भएपछि स्थानीयहरु त्रसित बनेका छन् । नेपाल पूर्वानुमान शाखाले हाल मेघ गर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो ।
यसको असर सुदूरपश्चिम सँगै साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि देखिने महाशाखाले जनाएको छ । हाल मेघ गर्जन,चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुर पश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुदा केहि समयपछि सुदूरपश्चिम प्रदेशमा र साँझ सम्ममा कर्णाली प्रदेश र प्रदेश ५ मा पनि यस प्रणालीको प्रभाव देखिने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।