रक्षामन्त्रीलाई गगन थापको प्रश्नः लिपुलेकमा तिर्थयात्रा गएकाे हाे ?

<p>काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले केही समयअगाडि रक्षामन्त्री ईश्वर पोखरेल लिपुलेक क्षेत्रमा भ्रमणमा गएपछि के काम गरे भनेर प्रश्न गरेका छन् । आइतबार संसदमा नेता थापाले प्रश्न गर्दै भने, ‘भारतको हस्तक्षेप र अतिक्रमणको घोर भर्त्सना गर्दछु, केही समयअगाडि रक्षामन्त्रीजीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तिर्थयात्रा थियो ? थिएन [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले केही समयअगाडि रक्षामन्त्री ईश्वर पोखरेल लिपुलेक क्षेत्रमा भ्रमणमा गएपछि के काम गरे भनेर प्रश्न गरेका छन् ।

आइतबार संसदमा नेता थापाले प्रश्न गर्दै भने, ‘भारतको हस्तक्षेप र अतिक्रमणको घोर भर्त्सना गर्दछु, केही समयअगाडि रक्षामन्त्रीजीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तिर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनुभयो र सरकारले यो बीचमा के काम गर्‍यो ?’

नेता थापाले हाम्रो भूमिमा एक ईञ्च पनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसँग भन्न सरकारलाई आग्रह गरे ।

उनले भारतीय दादागिरीमा चीनले पनि सहयोग गरिरहेको आशंक व्यक्त गरे । ‘भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छन्,’ उनले प्रश्न गरे, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ ? हामी जान्न चाहन्छौं ।’

Share News