संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल

<p>काठमाडौं ।  संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धि छलफल हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व बजेटको सिद्धान्त र प्राथमिकता अनुसार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैंठकमा पेस गर्नेछन् । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रमपछि पूर्व [&hellip;]</p>

काठमाडौं ।  संसदमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धि छलफल हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व बजेटको सिद्धान्त र प्राथमिकता अनुसार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैंठकमा पेस गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रमपछि पूर्व बजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै पूर्वबजेट छलफल गर्न लागि हाे ।

छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७/७८ को बजेट पेश हुने छ । संसदको बजेट अधिवेशन गत शुक्रवारबाट शुरु भएको  हाे ।

Share News