विवादमा लिपुलेक सडक, पूर्वराजा ज्ञानेन्द्र शाहले गरे यस्तो ट्वीट

<p>काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लिपु लेकको विषयलाई लिएर ट्वीट गरेका छन् । लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि अहिले चातर्फि विरोध भइरहेको छ । पूर्वराजा शाहले पनि आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत भएको बताएका छन् । उनले लेखेका छन्, ‘आफ्नो मुलुकको [&hellip;]</p>

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लिपु लेकको विषयलाई लिएर ट्वीट गरेका छन् । लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि अहिले चातर्फि विरोध भइरहेको छ ।

पूर्वराजा शाहले पनि आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत हुन्छ,पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो, सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरुन्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’

अहिले यस विषयलाई लिएर चौतर्फी रुपमा विरोध गर्नेको खंख्या बढिरहेको छ। लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि फेरि नेपाली राजनीति तातेको छ ।

Share News