प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ। शुक्रबार मध्यान्ह १२ बजेतिर चिकित्सकको टोली गएर उनको थ्रोट स्वाब संकलन गरेका हुन्। बिहिबार संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएको थियाे र उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ भने आज परीक्षण गरिएकाको कोरोना रिपोर्ट आउन बाँकी छ। वैशाख २६ गते सुरु हुने [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ।

शुक्रबार मध्यान्ह १२ बजेतिर चिकित्सकको टोली गएर उनको थ्रोट स्वाब संकलन गरेका हुन्।

बिहिबार संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएको थियाे र उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ भने आज परीक्षण गरिएकाको कोरोना रिपोर्ट आउन बाँकी छ।

वैशाख २६ गते सुरु हुने स‌ंसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना स‌ंक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र बैठकभित्र प्रवेश गर्न पाउने भएका हुन् ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

 

Share News