कोरोना परीक्षणका लागि २ सय ७५ सांसदको स्वाब संकलन

<p>काठमाडाै‌ । संघीय संसदका २ सय ७५ सांसदहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ। बिहीबार र शुक्रबार गरी दुई दिनमा त्यति सांसदहरुकाे पिसिआर परीक्षणका थ्रोट स्वाब संकलन गरिएको बताइएकाे छ । बिहीबार २ सय १२ सांसदहरुको  स्वाब संकलन गरिएको थियो भने शुक्रवार थप  ६३ सांसदहरुकोे स्वाब संकलन गरिएको थियाे। प्रतिनिधि सभातर्फ २३२ र राष्ट्रिय सभातर्फ ४३ जनाको स्वाब संकलन [&hellip;]</p>

काठमाडाै‌ । संघीय संसदका २ सय ७५ सांसदहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ। बिहीबार र शुक्रबार गरी दुई दिनमा त्यति सांसदहरुकाे पिसिआर परीक्षणका थ्रोट स्वाब संकलन गरिएको बताइएकाे छ ।

बिहीबार २ सय १२ सांसदहरुको  स्वाब संकलन गरिएको थियो भने शुक्रवार थप  ६३ सांसदहरुकोे स्वाब संकलन गरिएको थियाे। प्रतिनिधि सभातर्फ २३२ र राष्ट्रिय सभातर्फ ४३ जनाको स्वाब संकलन गरिएको हाे।

संघीय संसदका सांसदसहित कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी बिहीबार  ४ सय ४१ र शक्रबार २ सय ५१ जना गरी जम्मा ६ सय ९२ जनाको स्वाब संकलन  गरिएको छ।  कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न  ५४ सांसद बाँकी रहेको संसद सचिवालयले जनाएको छ ।

Share News