काठमाडौं । मलेसियामा ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मलेसियाको पेतालिङ जायास्थित चेरस मलमा खटिएका ९ जना नेपाली गार्डमा कोरोना भाइरस पोजेटिभ पाइएको हो । उक्त मलमा १० जनामा पोजेटिभ पाइएको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयले १ जना स्थानीय मलेसियन र ९ जना नेपाली नागरिक रहेकाे जनाएकाे छन ।
मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक डा.नुर हिसाम अब्दुल्लाहले संक्रमित नेपाली सोही मलमा बस्ने गरेको विहीबारको दैनिक ब्रिफिङमा जानकारी दिएका छन् । मलेसियामा विहीबार ३९ नयाँ कोरोना संक्रमित भेटिएसगै हालसम्म ६ हजार ४ सय ६७ पुगेका छन । त्यस्तै मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।
यस अगाडी मलेसियामा ३ नेपालीमा काेराेना पाेजेटिभ पुष्टि भएकाे थियाे । २ जना उपचार पछि निकाे भएर फर्किएका थिए भने बाँकी १ जनाकाे उपचार भइरहेकाे जनाएकाे ।