मन्त्रिपरिषद्ले गरेकाे सबै निर्णय सार्वजनिक

<p>काठमाडाैं । बैंशाख २४ गते  बसेकाे मन्त्रिपरिषद्को पूर्ण निर्णय विहीबार सार्वजनिक गरिएकाे छ । निर्णयमा  नेपालको अन्तर्राष्&#x200d;ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन जेठ १८ गतेसम्म बन्द गर्ने, मालसामानको ढुवानीलाई यथावत कायम राख्&#x200d;ने, सबै किसिमका आन्तरिक र बाह्य व्यावसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने [&hellip;]</p>

काठमाडाैं । बैंशाख २४ गते  बसेकाे मन्त्रिपरिषद्को पूर्ण निर्णय विहीबार सार्वजनिक गरिएकाे छ ।

निर्णयमा  नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन जेठ १८ गतेसम्म बन्द गर्ने, मालसामानको ढुवानीलाई यथावत कायम राख्‍ने, सबै किसिमका आन्तरिक र बाह्य व्यावसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने लगायत निर्णय भएकाे छ ।

उक्त अवधिमा औषधी, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औषधी, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्‍यक पर्ने ढुङ्गा-गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवालाई सुचारु गर्न केन्द्रीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्‍यक समन्वय गरी सम्बन्धित जिल्लाको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने निर्णय गरिएकाे छ ।

ढुवानी सेवाका साधनहरूलाई निसंक्रमित गरी निसंक्रमण गर्ने निकायले जारी गरेको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाँच सम्बन्धित भन्सार विन्दु र उद्योग प्रतिष्ठानहरूमा गर्ने व्यवस्था मिलाइ ढुवानीका साधनहरू गन्तव्य स्थलसम्म आवतजावत गर्न दिने निर्णय भएकाे छ ।
यस्ताे छ पूर्णपाठ
[pdf id=212588]

 

Share News