काठमाडौं । सांसद गगन थापाले उपत्यकाको यातायात र पूर्वाधार निर्माणको अवस्थाको बारेमा सरकारले एकीकृत गुरुयोजना तयार बनाई कार्य गर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्षमा सरकारले काठमाडौं उपत्यका यातायात गुरुयोजना निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्न समेत ध्यानकेन्द्रित गर्दै सरकारले उपत्यका यातायात, पूर्वाधार विकासका लागि चार कुरामा ध्यान दिनु सुझाव दिए ।
सांसद थापाले भने – ‘हाल भइरहेको कामको अध्ययन तथा पुनरावलोकन गरि काठमाडौं उपत्यकाका यातायात ‘पूर्वाधार प्रणालीको एकीकृत गुरुयोजना’ बनाउनु पर्छ । उक्त गुरुयोजनामा आधारित भएर जुन तहको जुन निकायको कार्य क्षेत्रभित्र जे पर्छ, तोकिएको समयभित्र तत् त्त निकायले त्यो काम सम्पन्न गर्ने नीतिगत व्यवस्था गरिनु पर्छ । सडक निर्माण कार्य गर्दा गराउँदा विशेष योग्यता परीक्षण, निर्माण समयलाई समेत लागतमा परिवर्तन गरी सम्पूर्ण ‘निर्माण लागतमा समाहित गर्न’ आवश्यक रहेको छ ।’
फुटपाथ समेत नराखी बनाएको छ भने नयाँ सडकमा पैदल यात्रीको लागि माटो छैन । यसकारण पैदल यात्री सडकमा हिड्नु पर्ने बाध्यतासँगै दुर्घटनाको जोखिम बढेको हुँदा ‘फुटपाथ विस्तार आयोजना’, धेरै पुराना सवारी साधन सडकमा गुड्ने हुँदा आउने दिनमा ‘सवारी साधनको प्रदूषण जाँच गर्न पर्ने भन्दै निजी क्षेत्रसँग सरकारले साझेदारी गर्न पर्ने बताए ।
संघिय तहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय तथा उर्जा, जलस्रोत मन्त्रालय र अन्त्यमा खानेपानी तथा सरसफाइ मन्त्रालयले नै काम गरिरहेको भन्दै उपत्यकाभित्रका १३ स्थानिय तहहरुको कार्यक्षेत्रभित्र पनि सडक पूर्वाधार पर्ने जनाए ।