कोरोना संक्रमण भयावह हुने लक्षण देखियो, सजग बनौं : प्रधानमन्त्री ओली

<p>काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्सँगै अब भयावह अवस्था आउने लक्षण देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । कोरोनाले विश्वव्यापी महामारी भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन सबैलाई आग्रह गरेका छन् । हाल नेपालको स्थिति भयावह नभएपनि, आगामी दिनमा भयावह हुनसक्ने लक्षण देखा परेको भन्दै प्रधानमन्त्रीले बिहीबार एक सन्देश जारी गरेका [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्सँगै अब भयावह अवस्था आउने लक्षण देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । कोरोनाले विश्वव्यापी महामारी भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन सबैलाई आग्रह गरेका छन् ।

हाल नेपालको स्थिति भयावह नभएपनि, आगामी दिनमा भयावह हुनसक्ने लक्षण देखा परेको भन्दै प्रधानमन्त्रीले बिहीबार एक सन्देश जारी गरेका छन् ।

सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म संक्रमणले ठूलो रुप नलिएको जानकारी दिँदै उनले भने- ‘सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

बुधबार मात्र थप १७ जनामा कारोना भाइरसको संक्रमण देखिएसँगै हालसम्म ९९ जनामा कोरोना संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Share News