काठमाडौं । गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोना विरुद्ध लाडेर विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेका छन् ।
२५६४ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली बौद्धमार्गीमा शुभकामना व्यक्त गर्दै दाहालले यो अवस्था बुद्धको उपदेशले उच्च मनोबलको विकास गरि कोरोनाविरुद्ध लाडेमा विजय प्राप्त गर्ने सकिने बताएका छन् ।
सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताए ।
बिहीबार शुभकामना बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले सबैलाई सचेत र आत्मबल बढाउन आग्रह गरेका छन् ।
बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सतयको तथ्यगत अन्वेषण गर्ने सुत्रहरु पहिल्याउनु भएको सबै नेपालीले गर्व गर्न पाएको नेकपा कार्यकारी अध्यक्ष दाहालले जानकारी दिए ।
