सुनचाँदी महासंघले राष्ट्र बैंकलाई बुझायो दीर्घकालिन उपायसहितको लिखित सुझाव

<p>काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुधबार नेपाल राष्ट्र बैंक समक्ष लिखित सुझाव प्रस्तुत गरेको छ । महासंघले उद्योग, व्यवसायलाई पुनरुद्धार गर्न अवलम्बन गर्नु पर्ने तात्कालिन एवं दीर्घकालिन उपाय बारे सुझाव पेश गरेको हो । साथै, लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न ऋणको साँवा, व्याज, किस्ता आदिको बारेमा सुझाव पेश [&hellip;]</p>


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुधबार नेपाल राष्ट्र बैंक समक्ष लिखित सुझाव प्रस्तुत गरेको छ । महासंघले उद्योग, व्यवसायलाई पुनरुद्धार गर्न अवलम्बन गर्नु पर्ने तात्कालिन एवं दीर्घकालिन उपाय बारे सुझाव पेश गरेको हो ।

साथै, लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न ऋणको साँवा, व्याज, किस्ता आदिको बारेमा सुझाव पेश गरेको महासंघले जानकारी गराएको छ ।

महासंघका अध्यक्ष रमेश महर्जन, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनार, महासंघका विशिष्ट सदस्य सुरेश मान श्रेष्ठ र नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्स्ना श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी कोरोना संक्रमणको रोकथाम र लकडाउनको कारण उद्योग, व्यवसायमा परेको प्रतिकूल असर बारे छलफल गरेको छ ।

आभुषण क्षेत्रले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं रोजगारी विस्तारमा उल्लेखनीय टेवा पुर्याउन सक्ने हुँदा यसलाई बढावा दिन सरकारले विशेष ध्यान दिनु पर्नेमा प्रतिनिधि मण्डलले जोड दिएको छ ।

सो अवसरमा गभर्नरले महासंघहरुबाट प्रस्तुत सुझाव एवं अवधारणा प्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेकोले त्यसको कार्यान्वयनमा उचित स्थान दिइने आश्वासन दिएका छन् ।

Share News