…यस कारण एक्कासी बैठकबाट बाहिरिए ओली

<p>काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षा केपी शर्मा ओली सचिवालय बैठक चलिरहेका बेला बीचबाटै बाहिरिएका छन् । उनी अहिले एक्कासी बैठकबाट किन बाहिरए भन्ने जिज्ञासा पनि नागरिकमा बढेकाे छ । प्रधानमन्त्री  निवास वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीलाई &#8216;एक व्यक्ति एक पद&#8217;को मागलाई अर्को समूहका नेताले उठाएपछि उनी निस्किएको बताइएको छ। तर,  प्रधानमन्त्री ओलीले भने काम [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षा केपी शर्मा ओली सचिवालय बैठक चलिरहेका बेला बीचबाटै बाहिरिएका छन् ।

उनी अहिले एक्कासी बैठकबाट किन बाहिरए भन्ने जिज्ञासा पनि नागरिकमा बढेकाे छ । प्रधानमन्त्री  निवास वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीलाई ‘एक व्यक्ति एक पद’को मागलाई अर्को समूहका नेताले उठाएपछि उनी निस्किएको बताइएको छ।

तर,  प्रधानमन्त्री ओलीले भने काम भएको बताउँदै बाहिरिएको बुझिएकाे छ । बिहीबार बोलाइएको बैठकका एजेण्डा तय गर्न बोलाइएको बैठकमा असमझदारी बढेपछि प्रधानमन्त्री बैठक छोडेर निस्केका हुन्। राजनीतिक प्रतिवेदनमा समावेश गर्ने विषयमा समेत ओली र अर्का अध्यक्ष प्रचण्ड विच मतभेद रहेको छ ।

अध्यादेश र सरकारका कार्यशैली प्रतिवेदनमा समावेश गर्न खोजेका प्रचण्डको प्रस्तावलाई ओलीले अस्वीकार गरेका छन्। त्यसकाे असन्तुष्टिले पनि उनी बैठकबाट बाहिरएकाे बुझिएकाे छ ।

Share News