
काठमाडौं । सरकारले लकडाउनको समयवधि आगामी जेठ ५ गतेसम्म बढाउने भएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले हाल जारी रहेकाे लकडाउनकाे अवधि थप १० दिन बढाउने निर्णय गरेकाे हाे ।
यसअघि सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेकाे थियाे । उक्त समय बिहीबार(भाेली) सकिँदै थियाे । तर काराेना भाइरसकाे संक्रमण बढेसँगै सरकारले लकडाउनकाे समयावधि पनि थप लम्ब्याएकाे हाे ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गतेदेखि लकडाउन जारी गरिरहेकाे छ ।