काठमाडौँ । सनसिटी अपार्टमेन्टका कोरोना मुक्त भएका एक जनामा पुन: कोरोना संक्रमण देखिएको छ ।
डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो ।
उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार फलोअप आउँदा उनकाे पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।