गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति: १० ठाउँमा जग्गा, एक करोड बढीकाे सेयर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका अधिकारीकाे सार्वजनिक विवरण अनुसार उनकाे १0 ठाउँमा जग्गा रहेको छ । उनको सम्पत्ति विवरण अनुसार ललितपुरको ५ ठाउँ, झापामा ४ ठाउँ र मकवानपुरको एक ठाउँमा जग्गा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका अधिकारीकाे सार्वजनिक विवरण अनुसार उनकाे १0 ठाउँमा जग्गा रहेको छ । उनको सम्पत्ति विवरण अनुसार ललितपुरको ५ ठाउँ, झापामा ४ ठाउँ र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । यस्तै उनकाे ललितपुरको सैँबुमा २ हजार २ सय वर्गफिटमा बनेको घरसमेत रहेको छ ।

विवरणमा बैंक तथा वित्तीय संस्थाको खातामा भने उनकाे १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको देखाईएकाे  छ । साथै विभिन्न कम्पनीहरुको उनकाे एक करोड बढि सेयर रहेको समेत उनले उल्लेख गरेका छन् ।

 

Share News