काठमाडौं । विकास तथा प्रतिधि समितिले सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्देशन दिएको छ ।
समितिले सार्वजनिक विकास निर्माणका कार्यहरुमा देखिएको विद्यमान समस्याहरु समाधानका लागि सो ऐन संशोधन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
समतितिले पुराना निर्माण सम्पन्न भई सकेका योजनाहरुको मर्मत कार्य प्रभावकारी बनाउनुका साथै सम्पन्न भईसकेका सम्पूर्ण आयोजनाहरुको समयमै भुक्तानीको व्यवस्था मिलाउने , आर्थिक वर्षको अन्त्यतिर पूर्व तयारी विना हतार हतारमा विकास कार्य गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आगामी वर्षमा यस्ता प्रवृत्तिहरु दोहोर्याउन पनि निर्देशन दिएको छ ।