
काठमाडाैं । नेपालकाे औद्याेगिक घराना पञ्चकन्या समूह अन्तरगत पञ्चकन्या स्टिलले काठमाडौं उपत्यकामा कार्यरत दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई खाद्यान्न वितरण गरेकाे छ ।
स्टिलकाे उपत्यका स्थित विभिन्न डिलरहरूद्वारा मजदुर दिवसको अवसरमा लकडाउनले मजदुरहरूकाे दैनिकी पारेको समस्यालाई समाधान गर्ने उद्देश्यले उनीहरूलाई खाद्यान्न लगायत दैनिक उपभाेग्य सामानहरू वितरण गरेकाे हाे ।
समूहले यसअघि पनि उपत्यकाका विभिन्न डिलरहरूद्वारा आफ्नाे सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न अस्पतालहरूलाई अत्यावश्यक सामाग्री समेत हस्तान्तरण गरेकाे थियोे ।
