काठमाडाैं । बाँकेको नेपालगन्जमा कोरोना संक्रमितको संख्या लगातार बढेपछि भोलिदेखि कर्फ्यू लगाउने निर्णय भएको छ ।
सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार विहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।
हिजाे एकैपटक बाँकेकाे १५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे थियाे ।