व्यवसायीको आग्रहः लकडाउनमा पनि मदिरा पसल खोल्न दिनु पर्यो

<p>काठमाडौं । मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले लकडाउनकाे समयमा पनि मदिराजन्य पसलहरू खाेल्नकाे लागि सरकारसँग माग गरेकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस कोभिड १९को कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई मध्यनजर गरि तोकिएको सुरक्षाको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी स्वास्थ्य एवं सुरक्षाका उपायहरु अबलम्बन गर्दै निश्चित समय तोकि मदिराका बिक्री कक्षहरु खोल्न दिन नेपाल [&hellip;]</p>

काठमाडौं । मदिरा उत्पादकहरुको संस्था नेपाल पेय पदार्थ संघले लकडाउनकाे समयमा पनि मदिराजन्य पसलहरू खाेल्नकाे लागि सरकारसँग माग गरेकाे छ ।

विश्वभर फैलिरहेकाे काेराेना भाइरस कोभिड १९को कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई मध्यनजर गरि तोकिएको सुरक्षाको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी स्वास्थ्य एवं सुरक्षाका उपायहरु अबलम्बन गर्दै निश्चित समय तोकि मदिराका बिक्री कक्षहरु खोल्न दिन नेपाल सरकारसँग अनुरोध गरेको हो ।

निरन्तरको लकडाउनले देशको अर्थतन्त्रमा गम्भिर किसिमको नकारात्मक असर त परेको छ नै यसका अतिरिक्त खुद्रा पसल संचालन गरि जिविकोपार्जन गर्नुपर्नें व्यवसायिहरुको जिवनयापन पनि कष्टकर बन्दै गएको प्रति ध्यानाकर्षण गराउँदै संघले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्र बुझाएको हो ।

वर्तमान जोखिमलाई विचार गर्दै सामाजिक दुरी कायम गरि स्वास्थ्य एवं सुरक्षाका यथेष्ठ उपायहरु अबलम्बन गरि निश्चित समय तोकि मदिराका बिक्रि कक्षहरु खोल्न दिएमा सरकारको राजश्व, व्यवसायिको लगानी र रोजगारीलाई समेत केहि मात्रामा भएपनि टेवा पुग्ने संघले मन्त्रालय समक्ष अनुरोध गरेको छ ।

उक्त अवैध उत्पादन र विक्रीवितरण गरिएका मदिराहरु जुन जनस्वस्थ्यका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेको र यसले कुनै पनि समयमा जनस्वास्थ्यमा गम्भिर असर पार्न सक्ने प्रति जानकारी समेत गराएको छ ।

 

Share News