सरकारले लकडाउनबारे भोलि निर्णय गर्ने

<p>काठमाडाैं । देशमा भइरहेको लकडाउनबारे सरकारले भोलि निर्णय गर्ने भएको छ । भोलि मन्त्रिपरिषद्को निर्णयले लकडाउन लम्ब्याउने वा नलम्ब्याउने भन्नेबारे निर्णय गर्ने भएको हो । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले लकडाउनकाे विषयमा भाेलि निर्णय गर्ने निश्कर्ष निकालेकाे बताएकाे छ । समितिका सदस्य सचिव नारायण विडारीले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग [&hellip;]</p>

काठमाडाैं । देशमा भइरहेको लकडाउनबारे सरकारले भोलि निर्णय गर्ने भएको छ । भोलि मन्त्रिपरिषद्को निर्णयले लकडाउन लम्ब्याउने वा नलम्ब्याउने भन्नेबारे निर्णय गर्ने भएको हो ।

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले लकडाउनकाे विषयमा भाेलि निर्णय गर्ने निश्कर्ष निकालेकाे बताएकाे छ ।

समितिका सदस्य सचिव नारायण विडारीले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग थप गृहकार्य गरेर लकडाउनबारे मंगलबार निर्णय गरिने जानकारी दिए । नेपालमा लकडाउन बैशाख २५ गते सकिदैछ ।

Share News