काठमाडौं। नबिल बैंकले घरमै बसेर खाता खाेल्न सकिने नयाँ सेवा सुरु गरेको छ । बैंकले घरमै बसेर खाता खोलेर सीमित कारोबार गर्ने नयाँ सेवा सुरु गरेको हाे ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले घरमै बसी अनलाइनमार्फत खाता खोली सीमित कारोबार गर्न सकिने सुविधा सुरु गरिएको बैंकले जनाएको छ।
ग्राहकले घरबाट खाता खोली इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ जस्ता डिजिटल सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन्।