काठमाडाैं । काठमाडौंमा तत्काल लकडाउन नखुल्ने भएकाे छ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन गरेको छ।
‘लकडाउन खुकुलो बनाउने तयारी छ, ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने , यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भयो,’ समितिका एक सदस्यले भने।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो। ‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने र कडा बनाउने तयारी गरेकाे बताइएकाे छ ।