एनआईसी एशिया बैंकले थप १० प्रतिशत ब्याज छुट दिने

<p>काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरूलाई साधारण ब्याजमा १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने भएको छ । बैंकले वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याजदरमा २ प्रतिशत विन्दु ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरेको हो । यससँगै ग्राहकले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरूलाई साधारण ब्याजमा १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने भएको छ । बैंकले वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैंकबाट जारी ऋणीहरुको चैत्र मसान्तसम्म कायम रहेको ब्याजदरमा २ प्रतिशत विन्दु ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरेको हो ।

यससँगै ग्राहकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छुटको साथ साथै यस बैंकको उल्लेखित छुटमार्फत थप १० प्रतिशतको साधारण ब्याजमा छुट र जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको फाइदा उठाउने छन् ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।

यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिनेछ । बैंकले प्रदान गर्ने १० प्रतिशत छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको ग्राहकहरुको खातामा जम्मा गरिसकेको जानकारी गराएको छ ।

साथै, एनआईसी एशिया बैंकले आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/.ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहकहरुलाई लागू गरेको हो ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०-०१-७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सक्नेछन् ।

Share News