काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवकाे अपहरण उजुरी लिएकाे छ । सोमबार बबरमहलस्थित कार्यालयले डा. सुरेन्द्र यादवकाे अपहरण उजुरी लिएकाे हाे ।
यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।
डा. सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध निवेदन दिएका हुन् ।
उनीहरु विरुद्ध यादवले अपहरण गरेको भन्दै वैशाख १८ गते बुधबार राष्ट्रिय मानव अधिकार आयोगमै उजुरी दिएका थिए ।
डा यादवले आफूलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
साेमबार नै सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।