काठमाडाैं । लकडाउनकोबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएकाे छ।
लकडाउन कहिले सम्म कायम राख्ने र यसकाे माेडालिटीबारे निर्णय गर्न बैठक बस्न लागेकाे बताइएकाे छ । आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्।
निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्। दिनानुदिन काेराेना संक्रमितकाे संख्या बढ्रनाले पनि लकडाउन बढाउनु पर्ने आवाज उठिरहेकाे छ ।