कोरोनासँग लड्न अमेरिकाले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ सहयोग गर्ने

<p>काठमाडाैं । अमेरिकाले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । कोरोेनाविरुद्ध लड्नका लागि अमेरिकी सरकारले साे रकम दिने बताइएकाे छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीका अनुसार उक्त आर्थिक सहयोग नेपालले एक वर्षका लागि पाउने भएको हो । नेपाल-अमेरिका पत्रकार संघले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा कार्कीले अमेरिकासँग कोरोनाका बिरामीलाई श्वासप्रश्वावमा [&hellip;]</p>

काठमाडाैं । अमेरिकाले नेपाललाई ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । कोरोेनाविरुद्ध लड्नका लागि अमेरिकी सरकारले साे रकम दिने बताइएकाे छ ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीका अनुसार उक्त आर्थिक सहयोग नेपालले एक वर्षका लागि पाउने भएको हो । नेपाल-अमेरिका पत्रकार संघले आयोजना गरेको जुम भिडियो कन्फ्रेन्समा कार्कीले अमेरिकासँग कोरोनाका बिरामीलाई श्वासप्रश्वावमा सजिलो हुनसक्ने भेन्टिलेटर भने अनुरोध नगरिएको बताए ।

कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको नेपालीको संख्या १४ रहेको तथ्यांंक दूतावासलाई प्राप्त भएको पनि कार्कीले बताए । मृतकको उक्त संख्यामा नेपाली मूलका अरू देशबाट आएर अमेरिकी भइसकेका नेपालीहरू पनि रहेको उनले बताए ।

Share News