भन्सार एजेन्ट महासंघले काेराेना काेषमा दियाे ५ लाख रूपैयाँ

<p>काठमाडाैं । भन्सार एजेन्ट महासंघ नेपालले काेराना राेकथाम काेषमा ५ लाख २ हजार रूपैयाँ सहयाेग गरेकाे छ । महासंघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(काेभिड-१९) रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको &#8216;कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष&#8217; मा सहयोग गरेको हाे । महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माले [&hellip;]</p>

काठमाडाैं । भन्सार एजेन्ट महासंघ नेपालले काेराना राेकथाम काेषमा ५ लाख २ हजार रूपैयाँ सहयाेग गरेकाे छ । महासंघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(काेभिड-१९) रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गरेको हाे ।

महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माले अर्थ सचिब शिशिर कुमार ढुङ्गानालाई आइतबार सिंहदरबारमा गई उक्त चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष जय प्रसाद सिवाकोटी, वरिष्ठ उपाध्यक्ष भरत राज घिमिरे, महासचिब विष्णुमणी खनाल र कार्यकारी सदस्य सदस्य एवं नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष शिशिर बहादुर गौतम सहितको उपस्थिति थियो ।

सोहि भेटमा यस विषम परिस्थितिमा भन्सार एजेन्टहरु आफ्नो कर्तव्यबाट बिमुख नभई जोखिमलाई बहन गर्दै भन्सार जाँच पास कार्यमा संलग्न रहेकोमा मानवीय जोखिमलाई कम गर्न सरकार बाट एजेन्टको बीमा गर्ने व्यवस्थाको समेत माग गरेको छ ।

Share News