नेकपाको स्थायी समिति बैठक वैशाख २५ गते

<p>काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ। राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो  बनाएर सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद चुलिएको [&hellip;]</p>

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

शनिबार साँझ बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ।

राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो  बनाएर सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद चुलिएको थियो। तर पछि गएर  दबाबमा अध्यादेश फिर्ता भए पनि  विवाद भने साम्य भएको थिएन।

याेसँगै बरिष्ठ नेता माधवकुमार नेपाल समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए।

गत बुधबार बसेको सचिवालय बैठक प्रधानमन्त्री ओली कोरोनाभाइरसको महामारी सकिएर अवस्था सामान्य बनेपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

 

Share News