मौसम अपडेट : देशका विभिन्न भागमा चट्याङसहित वर्षा हुने

<p>काठमाडौं । शनिबार देशको पूर्वी तथा मध्य भु भागमा मेघ गर्जन, चट्याङ सहित आंशिक बर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ। यसैगरी, हाल देशको मध्य [&hellip;]</p>

काठमाडौं । शनिबार देशको पूर्वी तथा मध्य भु भागमा मेघ गर्जन, चट्याङ सहित आंशिक बर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ भने नेपालमा बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु प्रवेश गरिरहेको छ।

यसैगरी, हाल देशको मध्य र पूर्वी भू भागमा पूर्ण बदली रहि पश्चिमी भू–भागमा आंशिक वदली रहेको छ। देशका पूर्वी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको छ।

देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना सहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति, देशको पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराइ भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

Share News